अपडेट 
२०७७ बैशाख १५, सोमबार ११:४१

झापा । झापाको बाह्रदशी गाँउपालिकामा आइतबार कोरोना संक्रमित भेटिएका स्थानीय भारतको दिल्लीमा भएको जमाती सभामा सहभागी भएर फर्किएको खुलेको छ ।

गाँउपालिकाले उनलाई दिल्लीबाट आएको थाहा पाएपछि क्वारेन्टाइनमा राख्ने तयारी गरेको थियो । तर उहाँ क्वारेन्टाइनमा नबसेका कारण परिणाम खतरा भएको पालिकाका अध्यक्ष खड्ग राजबंशीले बताएका छन् । अध्यक्ष राजबंशीका अनुसार स्थानीय प्रशासनले पनि उनलाई क्वारेन्टाइनमा बस्न दवाब दिएको थियो । तर स्थानीय गाँउलेले अस्वीकार गरेपछि उनी घरमै बसेका थिए ।

कोरोना संक्रमित व्यक्तिका घरमा दिल्लीबाट फर्किएपछि स्थानीय सर्वसाधरण आउने जाने क्रम बाक्लो थियो । स्थानीयवासीका अनुसार उनको समुदायमा उनी निक्कै ‘पावरफुल’ मानिन्छन् । दिल्लीबाट उनी चैत ६ गते जमाती सकेर घर आएको पालिकाका अध्यक्ष राजबंशीले बताए् । उनको ‘ट्राभल हिस्ट्री’ पनि पालिकाले खोज्ने बताएको छ ।

गाँउपालिकाका अध्यक्ष राजबंशी अनुसार सोमबार बिहान पालिकाले ८ बजे आपतकालीन मिटीङ कल गरेको छ । कोरोना संक्रमित आसपासका गाँउ टोल सिल गरेर उनीसंग सम्पर्क भएकाको पालिकाले खोजी गर्ने छ ।

विराटनगरको कोशि कोभिड अस्पतालमा उनको पिसीआर परिक्षण गर्दा आइतबार कोभिड १९ (कोरोना)पोजेटीभ रिपोर्ट आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टी गरेको छ ।

Comment


Related News

Latest News

Trending News