अपडेट 
२०७७ बैशाख १५, सोमबार ११:५५

इटहरी । धनकुटाबाट हिँड्दै सुनसरी आइपुगेका ७ जना भारतीय नागरिकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डीएसपी विनोद शर्माका अनुसार उनीहरु लुकिछिपी हिँड्दै भारत प्रवेश गर्ने लागेको अवस्थामा सुनसरी प्रहरीले नियन्त्रणमा लिएको हो ।

उनीहरु हिँड्दै सुनसरीको लौकही नजिक पुगेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको शर्माले जानकारी दिए। उनीहरुलाई नियन्त्रणमा लिएपछि जिल्ला अस्पताल इनरुवामा चेकजाँचपछि इटहरीको क्वारेन्टाइनमा ल्याइएको छ ।

उनीहरु मजदुर भएको र भारत सुपौल घर बताएको शर्माले बताए।

Comment


Related News

Latest News

Trending News