Notice: Trying to access array offset on value of type bool in /home/ejanakpu/public_html/wp-content/themes/janakpur today/functions.php on line 193
२०७७ बैशाख १५, सोमबार ११:५८

इटहरी। इटहरीको जनता बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा बस्नेहरुको संख्या बढिरहेको छ। इटहरी उपमहानगरपालिकाकी उपप्रमुख लक्ष्मी गौतमका अनुसार एक सय बेड क्षमताको क्वारेन्टाइनमा हाल ८१ जना नागरिक बसिरहेका छन्।

उनीहरुमध्ये ७८ जना पुरुष र तीनजना महिला रहेको गौतमले बताइन्। ‘क्वारेन्टाइनमा ६० जना भारतीय नागरिक, ७ जना पाकिस्तानी नागरिक सहित अन्य १४ जना नेपाली नागरिक रहनुभएको छ,’ गौतमले भनिन्, ‘उहाँहरु सबैको स्वास्थ्य अवस्था सामान्य छ।’



उनका अनुसार इटहरीबाटै उनीहरुको स्वाब लिई परीक्षणका लागि पठाइएको छ। इटहरीमै पहिलोपटक क्वारेन्टाइनमा रहेका २० जनाको स्वाब परीक्षणको स्याम्पल लिएर कोशी अस्पताल विराटनगरमा पठाइएको छ।

‘हाम्रोमा ल्याब नभएका कारण रिपोर्टका लागि समस्या भएको हो,’ उनले भनिन्, ‘हामीकहाँ प्राविधिक भने छन्, अब परीक्षणका लागि सहज हुनेछ।’

Comment


Related News

Latest News

Trending News