अपडेट 
२०७७ बैशाख १५, सोमबार १२:०५

जनकपुरधाम । पत्रकार महासंघ झापा मस्त निन्द्रबाट ब्युझिएको छैन् । अब त उठ्नु होस् चुनावका बेला डम्फु बजाउन काम दिन्छ ।

कोराना भाइरसले विश्वमै महामारीको रुप लिइरहेका बेला नेपाल पनि अछुतो छैन् । त्यसमा पनि झापा जिल्लामा पनि यसको संक्रमण देखिई सकेको छ ।

हामी पत्रकार दिनरात नभनी सडकमा खटिएका छौं । होला प्रहरी, स्वास्थ्यकर्मी, जनप्रतिनिधि अन्य राष्ट्रसेवक कर्मचारी पनि फिल्डमै हुनुहुन्छ । सबैले आ–आफ्नै संगठन तथा सरकारबाट सहयोग पाउनुभएको होला । तर, दुःख का साथ भन्दै छु ।

लकडाउनको पाँचौं हप्ता पार भइसक्दा समेत पत्रकार महासंघ झापा मस्त निन्द्रबाट ब्युझिएको छैन् । अब त उठ्नु होस् महोदय चुनावका बेला डम्फु बजाउन काम दिन्छ यसो गरे उसो गरे मेरो कार्यकाल उत्कृष्ट भयो भन्नु परेन् ?

जे होस् अरुकै भरमा परेर भएपनि म लगायत केहि साथीहरुले कपडाको माक्स,गोल्वस, र एउटा सेनिटाइजर पाएछन् । होला पत्रकारीतालाई साईड विज्नेसको रुपमा लिनुभएकालाई त असर परेको छैन होला ।

तर, एक पटक सोच्नु त दिनरात समाचारको खेती गर्नेहरुको हालत के होला ? परिवार कसरी धान्दै होला ? सामाजिक सञ्जालमा तस्वीर मात्र पोष्ट गरेर खोक्रो भाषण मात्र गरेरे हुन्न हजुर आफ्नो पदिय दायित्यवको पनि जिम्मेवारी बोध गरौं ।

सबै पत्रकारहरुले स्वास्थ्यको ख्याल गर्दै रिर्पो्टिङमा जाँउ पत्रकार महासंघ त भगवान भरोसा जस्तै भएको छ । ३ सय बढी पत्रकार सदस्य रहेको महासंघले यो लकडाउनको समय कति सदस्यको पिर मर्का बुझन सक्यो ? कतिको अवस्था कस्तो छ भनेर सोध्यो ? मलाई त सोधेन तपाईलाई के भयो थाहा भएन ।

जस्तो तालमा डम्फु बज्छ त्यस्तै तालमा नाच्दै जाँउ । चुनावको समयमा मेरो प्यानल र तेरो प्यानल भनेर पत्रकार बढाउँने र घटाउने भन्दा यो समय आफुहरुले उनीहरुको निम्ति के कति गर्र्यो भनेर एक पटक सोच्नु पर्र्ला । सबैलाई लकडाउनको पालना गर्न आग्रह गर्दै विदा माग्छु नमास्कार ।

Comment


Related News

Latest News

Trending News