अपडेट 
२०७७ बैशाख १५, सोमबार १२:५९

काठमाडौं। जल तथा मौसमपूर्वानुमान महाशाखाले आज आज पश्चिमका धेरै तथा मध्य र पूर्वका केही ठाउँमा मेघगर्जन, चट्याङ, हावाहुरी र असिना पानी पर्ने सम्भावना रहेको जनाएको छ ।

पुराना प्रणाली कमजोर भएपनि नयाँ प्रणाली सक्रिय हुने देखिएकाले अझै केही दिन देशभरी कै मौसम बदली भई धेरै ठाउँमा पानी पर्ने क्रम चलिरहने महाशाखाले बताएको हो ।

पूर्वमा बनेको न्यूनचापीय क्षेत्रसँगै, पश्चिमी र स्थानीय वायु तथा बंगालको खाडी र अरबसागरबाट जलवाष्पयुक्त हावा नेपाल भित्रिरहेकाले अझै केही दिन देशभरकै मौसम पूर्ण रुपमा खुल्ने संभावना कम रहेकोछ।

गएको २४ घण्टामा काठमाण्डौ मा २ दशमलव ६ मिलिमिटर पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

Comment


Related News