अपडेट 
२०७७ बैशाख १५, सोमबार १३:०२

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) का निवर्तमान महामन्त्री कुन्दनराज काफ्लेले सरकारद्वारा गठित कोरोाना राहत कोषमा आर्थिक सहयोग गरेका छन् ।

उनले सोमबार स्वास्थ्यमन्त्री भानुभक्त ढकालमार्फत दुई लाख रुपैयाँ कोरोना राहत कोषमा जम्मा गरेका हुन् । काफ्लेले आफ्नो विवाहको खच कटौती गरेर उक्त रकम कोरोनाविरुद्धको लडाइँमा सघाउन सरकारलाई सहयोग गरेको बताएका छन् ।

आइतबार बैबाहिक बन्धनमा बाँधिएका काफ्लेले सोमबार बिहान धर्मपत्नी मेनुका अधिकारीका साथ सिंहदरबार पुगेर उक्त रकम हस्तान्तरण गरेको जानकारी दिए ।

Comment


Related News

Latest News

Trending News