अपडेट 
२०७७ बैशाख १५, सोमबार १३:५९

सिरहा । सिरहामा पिकअप भ्यानले ठक्कर दिँदा एक जनाको ज्यान गएको छ ।

धनगढीमाई नगरपालिका–३ मेदनी पुलस्थित सडकमा स१च १४९१ नम्बरको पिकअप भ्यानले ठक्कर दिँदा गोलबजार नगरपालिका–१२ हरिपुर बस्‍ने ४० वर्षीया पदलयात्री दुलारीकुमारी सदायको मृत्यु भएको प्रहरीले जनाएको छ ।

ठक्करबाट गम्भीर घाइते भएकी सदायको कामना नर्सिङ होम लहानमा उपचारका क्रममा मृत्यु भएको हो । फरार पिकअप चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News