२०७७ बैशाख १५, सोमबार १५:००

जनकपुरधाम ।  प्रदेश दुई सरकारको सामाजिक विकास मन्त्रालयले प्रदेशका पत्रकारहरुका लागि स्वास्थ्य सुरक्षा समाग्री उपलब्ध गराएको छ ।   कोरोना भाईरस कोभिड १९ को उच्च जोखिममा रहेको प्रदेश दुईका आठ जिल्लाका पत्रकारहरुका लागि समाजिक विकास मन्त्री नवल किशोर शाहले पत्रकार महासंघ प्रदेश कमिटीका उपाध्यक्ष गायत्री मिश्रलाई स्वास्थ्य सुरक्षा समाग्री हस्तान्तरण गर्नु भएको  हो  ।

मन्त्री शाहले हजार वटा मास्क, हजार जोड ग्लोब्स र ४० लिटर स्यानीटाईजर  हस्तान्तरण गर्दै यस महामारीमा पनि जोखिम मोलेर अग्रपंक्तिमा खटिने पत्रकारलाई आफ्नो सुरक्षासंगै जनतालाई सूचना प्रदान गर्दा संवेदनशील बन्न आग्रह गर्नुभयो ।

     यसैगरी सामाजिक  विकास मन्त्रालयका सचिव डा रामप्रसाद घिमिरेले यस विपदको समयमा पनि जोखिम मोलेर कोरोना रोकथामका लागि जनतालाई सूसूचित बनाउने कार्यमा संलग्न पत्रकारहरुको स्वास्थ्य सुरक्षाका लागि प्रदेश सरकार संवेदनशील रहेको बताउनुभयो ।

सचिव घिमिरेले संचारकर्मीको जोखिमलाई मध्यनजर गर्दै  प्रदेश सरकारले कोभिड सम्वद्ध कार्यमा क्रियाशील रहने संचारकर्मीको मृत्यु भएमा निजको परिवारलाई ५० लाख रुपैयाँ क्षतिपूर्ति दिने निर्णयसमेत गरेको स्मरण गर्नुभयो ।

 यस्तै नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य स्वेता सिन्हाले पत्रकारहरुको सुरक्षासंगै दैनिक जीवनयापनका लागि राहतको पनि आवश्यकता रहेको बताउदै यस विषयमा केन्द्रमा पनि पहल  गर्ने उल्लेख गर्नुभयो  ।

Comment

Related News

Latest News

Trending News