अपडेट 
२०७७ बैशाख १५, सोमबार १५:३७

लहान । सिरहाको सुखीपुर नगरपालिकाले लक डाउनको पालन गर्दै सामाजिक सुरक्षा भत्ता घरघरमै पुगी वितरण गरि रहेको छ भने ज्यालादारी मजदुर र विपन्न वर्ग पहिचानगरी राहत वितरण पनि सुरु गरेका छन् ।


सुखीपुर नगरपालिकाले आईतवार नै राहत पुर्जा उपलब्ध गराएर आज सोमबार सुखीपुर नगरपालिका वडा नम्बर ९ मा ज्यालादारी मजदुर र विपन्न वर्ग पहिचानगरी धमाधम राहत वितरण गरेको छ भने आजै देखि सुखीपुर नगरपािलका वडा नम्बर ८ मा पनि सामाजिक सुरक्षा भत्ता घरघरमै पुगी वितरण थालेका हुन् । 


विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) विरुद्ध जुद्धिरहेका विपन्न परिवारलाईस्थानीय तहले आ–आफ्नै मापदण्ड बनाएर खाद्यान्न वितरण गरेका हुन् ।


सुखीपुर नगरपालिका आजबाट वडा नम्बर ९ मा प्रति परिवार ३० किलोको दरले ३ सय दैनिक ज्यालादारी गरी जीवन निर्वाह गर्ने बिपन्न परिवारलाई राहतमा चामल वितरण गरिसकेको छ ।


नगरपालिकाकाले सबै वडाका ५ लाखको दरले १० वडामा ५० लाख रुपैयाँ बराबरको खद्यान वितरण गर्ने सुखीपुर नगरपालिकाका नगर प्रमुख राम औतार यादवले बताउनुभयो ।


नगरपालिकाले लक डाउनको पालन गर्दै सामाजिक सुरक्षा भत्ता घरघरमै पुगी वितरण गरेको छ । लकडाउनका कारण कार्यालयमा सम्म आउने अवस्था नरहेकाले घरमै गएर सामाजिक सुरक्षा भत्ता वितरण गरेको हो ।
ज्येष्ठ, एकल, अपांगता, दलित र बाल पोषण भत्ता घरमै गएर वितरण गरिएको नगरपालिकाका सुखीपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्रवण कुमार साहले बताउनुभयो । जनप्रतिनिधि र कर्मचारी परिचालन गराएर भत्ता वितरण गरिएको साहले बताउनुभयो ।


नागरिकको घरमै पुगेर भत्ता वितरण गर्दा जनप्रतिनिधि र नागरिकलाई नजिक बनाएको वडा नम्बर ८ बाट सामाजिक सुरक्षा भत्ता वितरण शुरु गरिएको जानकारी दिनुभयो ।

Comment


Related News

Latest News

Trending News