अपडेट 
२०७७ बैशाख १५, सोमबार १६:००

वीरगन्ज  भारत तस्करी गर्न लागिएको आरोपमा प्रहरीले एक ट्रक छोकडासहित एकजनालाई वीरगन्जको भन्सार क्षेत्रबाट पक्राउ गरेको छ।  प्रहरीले वीरगन्ज १६ रजत जयन्ति चोकबाट ना.५.ख.९८५९ नंबरको ट्रकमा रहेको ५ सय बोरा छोकडासहित बिशाल क्षेत्रीलाई पक्राउ गरेको हो ।

 वीरगन्ज १६ घर भएका क्षेत्री , ट्रकका चालक हुन् ।  नेपालबाट ट्रकमा छोकडा भारत तस्करी भइरहेको सूचनाका आधारमा खटिएको प्रहरी टोलीले आइतबार राती रजत जयन्ति चोकबाट ५ सय बोरा छोकडासहितको ट्रक नियन्त्रणमा हो । 

 ट्रकबाट ५ सय बोरामा रहेको २ सय ५० क्वीन्टल छोकडा बरामद भएको पर्साका प्रहरी नायव उपरीक्षक वीरेन्द्र बहादुर शाहीले जानकारी दिए । बरामद छोकडाको बजार मुल्य अन्दाजी ३७ लाख ५० हजार रुपैयाँ रहेको उनले बताए । छोकडा , ट्रक र चालक क्षेत्रीलाइ आवश्यक कारवाहीको लागी सोमबार दिउँसो वीरगन्ज भंसार कार्यालयमा बुझाइएको जानकारी उनले दिए ।

Comment


Related News

Latest News

Trending News