Notice: Trying to access array offset on value of type bool in /home/ejanakpu/public_html/wp-content/themes/News/functions.php on line 193
२०७७ बैशाख १५, सोमबार १७:३९

काठमाडाैं । रेडियो नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई लक्षित गर्दै पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले प्रयोग गरेको भाषा र विचारलाई हटाएको छ।

सोमबार बिहान ६:३० बजे लाइभ प्रशारण भएको अन्तरसंवाद कार्यक्रममा अतिथिका रूपमा जनता समाजवादी पार्टीका नेता भट्टराईसँग रेडियो नेपालले कुराकानी गरेको थियो।

उक्त कार्यक्रममा भट्टराईले बोलेका अभिव्यक्तिले आफूहरूलाई दु:खी तुल्याएको रेडियो नेपालका कार्यकारी निर्देशक सुरेशकुमार कार्कीले सोमबार निकालेको विज्ञप्तिमा उल्लेख छ।

‘समाचार महाशाखा प्रमुख डा. नवराज लम्सालद्वारा सञ्चालित उक्त कार्यक्रममा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईलाई अतिथिका रूपमा निम्त्याइएकोमा उहाँले सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यूप्रति लक्षित गरी प्रयोग गर्नुभएको भाषा र विचारले हामीलाई दुखी तुल्याएको छ,’ कार्कीले निकालेको विज्ञप्तिमा उल्लेख छ।

सो कार्यक्रम लाइभ प्रशारण भएकोले आवश्यक सम्पादन गर्न नसकिएको हुँदा क्षमा मागेको पनि रेडियो नेपालले बताएको छ।

‘सो कार्यक्रम प्रत्यक्ष (लाइभ) प्रशारण भएकोले आवश्यक सम्पादन गर्न नसकिएको हुँदा क्षमा चाहन्छौं। अब उप्रान्त रेडियो नेपालबाट प्रशारण हुने कार्यक्रमहरूमा अतिथि चयन गर्दा गम्भीर रूपमा सचेत रहने प्रतिवद्धता व्यक्त गर्दछौं।’

अन्तरसंवाद कार्यक्रमका सञ्चालक लम्सालसँग सेतोपाटीले उक्त अन्तर्वार्तामा भट्टराईले के-कस्तो भाषा र विचार व्यक्त गरेका थिए भन्ने प्रश्न राखेकोमा उनले रेडियो नेपालको अनलाइनमा अन्तरसंवाद कार्यक्रमभित्र नै आजको अडिओ रहेको बताए।

‘अनलाइनभित्र अडिओ ग्यालरीमा अन्तरसंवाद कार्यक्रमको अडिओ नै सुन्न सकिन्छ,’ उनले भने।

तर रेडियो नेपालले आजको उक्त कार्यक्रम अनलाइनबाटसमेत हटाइसकेको छ। त्यहाँ हिजोसम्मका कार्यक्रम मात्रै छ।

Comment


Related News

Latest News

Trending News