अपडेट 
२०७७ बैशाख १५, सोमबार १८:२७

जनकपुरधाम । ज्यानको प्रवाह नगरी निरन्तर रिपोर्टिङ गरिरहेका पत्रकारको कोरोना भाइरस संक्रमणले मृत्यु भएमा प्रदेश-२ सरकारले राहतस्वरुप ५० लाख रुपैयाँ दिने भएको छ।

पत्रकारहरूका लागि सुरक्षा सामग्री हस्तान्तरण समारोहमा सामाजिक विकास मन्त्रालयका सचिव डा. रामप्रसाद घिमिरेले सो कुरा बताएका हुन्। उनले क्रियाशील भएर काम गरिरहेका पत्रकारको कोरोना भाइरसका कारण मृत्यु भएमा ५० लाख क्षतिपूर्ति दिने निर्णय भइसकेको बताए।

सामाजिक विकास मन्त्रालयले प्रदेशका पत्रकारहरूका लागि स्वास्थ्य सुरक्षा सामग्री उपलब्ध गराएको छ। मन्त्री नवलकिशोर साहले पत्रकार महासंघ प्रदेश कमिटीका उपाध्यक्ष गायत्री मिश्रलाई स्वास्थ्य सुरक्षा समाग्री हस्तान्तरण गरे।

एक हजार मास्क, एक हजार ग्लोब्स र ४० लिटर स्यानिटाइजर पत्रकारहरूका लागि मन्त्रालयले उपलब्ध गराएको उपाध्यक्ष मिश्रले जानकारी दिइन्। कोरोना महामारीमा पनि जोखिम मोलेर अग्रपंक्तिमा खटिने पत्रकारलाई आफ्नो सुरक्षासँगै जनतालाई सूचना प्रदान गर्दा संवेदनशील बन्न मन्त्री साहले आग्रह गरे।

Comment


Related News

Latest News

Trending News