अपडेट 
२०७७ बैशाख १५, सोमबार १९:५३

जनकपुरधाम । जनता समाजवादी पार्टीका नेता राजेन्द्र महतोले आफू निर्वाचित धनुषा क्षेत्र नम्‍बर-३ का स्वास्थ्य संस्थालाई चिकित्सा सामग्री प्रदान गरेको छ।

नेता महतोले कोरोना भाइरसबाट जोगिन प्रयोग गर्ने चिकित्सा सामग्री २० स्वास्थ संस्था र धनौजी क्वारेन्टाइनलाई प्रदान गरेका हुन्। स्वास्थ्य संस्थालाई थर्मल गन १ थान, पिपिई २ थान, ग्लोब्स २ सय थान, मास्क ५० थान र स्यानिटाइजर १ थानका दरले वितरण गरिएको नेता महतोका स्वकीय सचिव किशोर गुरुले जानकारी दिए।

जनकपुरस्थित निर्वाचन क्षेत्र सम्पर्क कार्यालयमा आयोजित समारोहमा स्वास्थ संस्थाका प्रतिनिधिलाई बोलाएर चिकित्सा सामग्री वितरण गरिएको छ। उक्त समारोहमा नेता महतो भने अनुपस्थित थिए।

Comment


Related News

Latest News

Trending News