अपडेट 
२०७७ बैशाख १५, सोमबार २०:३०

काठमाडौं । देशकै प्रमुख सुपरमार्केट भाटभटेनी सुपरस्टोरले अधिकतम बिक्री मूल्य (एमआरपी)भन्दा बढी मूल्य लिने गरेको बारम्बार गुनासो आउने गरेको छ ।

यो सुपरस्टोरले विदेशबाट आयातीत सामानमा आफ्नै नयाँ मूल्य सूची बनाइ स्टिकर टाँसेर बढी मूल्य लिने गरेको गुनासो बढेपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको फेला परेको छ ।

देशभरि लकडाउन हुँदा अन्य बजारहरू सीमित समय खुला गर्न दिइए पनि भाटभटेनीलाइ भने दिनभर खोल्न दिइएको छ ।

संकटकालीन अवस्थामा माैकाका फाइदा उठाउँदै आएको गुनासाेपछि सोमबार विभागले अनुगमन गर्दा बढी मूल्य लिएको फेला परेको हो ।

विभागले गरेको अनुगमनमा भाटभटेनी सुपरमार्केटको मुख्य बजार टंगालले उपभाेग्य सामानमा एमआरपीभन्दा बढी मूल्य लिइ बिक्री गरेकाे पाइएकाले विभागले उपभोक्ता संरक्षण ऐनबमाेजिम रु ३ लाख जरिवाना गरिएको जनाएको छ ।

Comment


Related News