अपडेट 
२०७७ बैशाख १५, सोमबार २०:३४

काठमाडौं । तीन विपक्षी दलले सरकार सर्वसत्तावादतर्फ अग्रसर भएको निष्कर्ष निकालेका छन्। सोमबार कांग्रेस पार्टी कार्यालय सानेपामा जनता समाजवादी दल र राप्रपा शीर्ष नेताहरुको बैठक बसेको थियो । बैठकले सरकार स्वच्छाचारी र सर्वसत्तावादी भएको भन्दै एक भएर संघर्ष गर्ने निर्णय गरेका हुन् ।

सरकारकै संलग्नतामा सांसद डा( सुरेन्द्र यादवको अपहरण भएको उनीहरुको दाबी छ ।बैठकपछि तीन दलका शीर्ष नेताहरुले जारी विज्ञप्तिमा भनिएको छ, ‘यता अपराधिका कार्यको यो बैठक घोर भत्र्सना गर्दछ र अपराधमा संलग्न व्यक्तिहरुलाई तत्काल कानूनी कारबाही अगाडि बढाउन माग गर्दछ ।’ बैठकपछि जारी संयुक्त वक्तव्यमा कांग्रेस सभापति शेरबहादुर देउवा, जनता दलका तर्फबाट उपेन्द्र यादव, शरदसिंह भण्डारी र राप्रपाका तर्फबाट डा प्रकाशचन्द्र लोहनीले हस्ताक्षर गरेका छन्।

कांग्रेस, जसपा र राप्रपाले लकडाउनका कारण नेपाली अर्थतन्त्रमा परेको असर कम गर्न तत्काल राहत ठोस कार्ययोजना ल्याउन माग गरेका छन् । साथै कोरोना भाइरसको यथार्थ स्थिति पत्ता लगाउन टेष्टमा असाधारण ढिलासुस्ती भएको भन्दै तीव्रता दिनसमेत माग गरेका छन् ।

Comment


Related News