अपडेट 
२०७७ बैशाख १५, सोमबार २०:४३

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली एकलौटी ढंगले अघि बढ्न खोजेपछि सत्तारुढ नेकपाभित्रको विवाद उत्कर्षमा पुगेको छ । ओलीलाई प्रधानमन्त्रीबाट हटाउनेसम्मका योजना अघि बढेका छन् ।

माधव कुमार नेपाल समूह समेत चरम असन्तुष्टि भएपनि ओली समूह फकाउने प्रयासमा छ ।

वरिष्ठ नेता माधवकुमार नेपाल समूहसँगको सोमबारको वार्तामा ओली समूहका नेताहरूले मन्त्रिपरिषद् पुनर्गठन गरेर कमी–कमजोरी सच्याउँदै अघि बढ्न प्रस्ताव गरेका हुन् । तर, साढे चार घन्टाको ‘कोटेश्वर वार्ता’विना निष्कर्ष टुंगिएको छलफलमा सहभागी एक नेताले बताए ।

जवाफमा वरिष्ठ नेता नेपालले पार्टी्भित्र एक व्यक्ति ः एक पदको जिम्मेवारी लागू गर्दै, कमजोरी सच्याउने र पार्टीलाई विधि र प्रक्रियाअनुसार सञ्चालन गर्ने प्रतिबद्धतासहित सहमति भएको अवस्थामा मात्र मिलेर अघि बढ्न सकिने बताएका थिए । नेताहरूबीच लामो अनौपचारिक छलफल भए पनि बालुवाटारका तर्फबाट कुनै ठोस प्रस्ताव नै नआएकाले छलफल विनानिष्कर्ष टुंगिएको नेता सुरेन्द्र पाण्डेले बताए ।

छलफलमा ओलीका तर्फबाट उपप्रधानमन्त्री ईश्वर पोखरेल, महासचिव विष्णु पौडेल, मुख्यमन्त्री शंकर पोखरेल र परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली तथा नेपालका तर्फबाट सुरेन्द्र पाण्डे, भीम रावल र रघुजी पन्त छलफलमा सहभागी छन् ।

यसअघि ओली र नेपालबीच बालुवाटारमा छलफल भएको थियो । अर्का अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता झलनाथ खनालबीच पनि खुमलटारमा दुई घन्टा छलफल भएको थियो ।

पछिल्लो समय नेता ओलीले आफु निकट नेता तथा सांसदहरुसँग बालुवाटारमा छलफल गरिरहेका छन् ।

ओलीको कार्यशैलीसँग रुष्ट भएका नेताहरुले तत्काल स्थायी समिति बैठक बोलाउन माग गरेका छन् । ओलीले बैठक बोलाएका छैनन् । मंगलबार सचिवालय बैठक भने बस्ने भएको छ ।

Comment


Related News

Latest News

Trending News