अपडेट 
२०७७ बैशाख १५, सोमबार २०:४९

काठमाडौं । विश्वव्यापी रुपमा फैलिएको कोरोनाभाइरसका कारण भारतमा मुत्यु हुनेको संख्या बढ्दै गइरहेको छ । हालसम्म कोरोनाको संक्रमणबाट भारतमा ८ सय ८६ जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या २१ हजार १ सय ३२ पुगेको छ । यस्तै कोरोनाबाट संक्रमित भएका ६ हजार ३ सय ६१ जना उपचारपछि निको भएका छन् ।

यस्तै भारतमा एक तीन महिने शिशुले पनि कोरोनालाई जित्न सफल भएका छन् । भारतको उत्तर प्रदेश गोरखपुरकी एक तीन महिने शिशुले कोरोनालाई जितेर आइतवार डिस्चार्ज भएका हुन् । भारतको बीआरडी मेडिकल कलेजमा उपचार गराइरहेकी ती शिशुले कोरोनालाई जितेका हुन् । कोरोना निको भएपछि शिशुलाई मेडिकल कलेज प्रशासन र स्टाफले ताली बजाएर बिदाई गरेको भारतिय मिडियाले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News