अपडेट 
२०७७ बैशाख १६, मंगलवार ०७:४८

जनकपुरधाम । लकडाउनको मौका छोपी रातको समयमा सिरहा, धनुषा, महोत्तरीको वन क्षेत्र र खोलाबाट गिट्टी, बालुवा, ढुंगा र काठ तस्करी हुन थालेको छ । यसैलाई मध्यनजर गर्दै उक्त क्षेत्रमा सुरक्षाकर्मीले निगरानीसमेत सुरु गरेका छन् ।

चुरे क्षेत्रको नदि तथा किनाराबाट तस्करी गर्दै आएका छन । स्थानियहरुले पटक पटक बिरोध गर्दा पनि प्रहरी प्रशासनको मिलोमतोमा अबैध उत्खन्न गर्ने क्रम बढेको स्थानियहरु बताउंछन । 

लहानको खुट्टी खोलालगायतबाट नदीजन्य गिट्टी, बालुवा ओसार्दै गरेको अवस्थामा प्रहरीले सात वटा ट्र्याक्टर नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालयका डीएसपी शरद थापा क्षेत्रीले बताए ।

नदी क्षेत्रबाट रातको समयमा गिट्टी, बालुवा ओसारपसार हुन थालेपछि सुरक्षा गस्ती बढाइएको उनले जानकारी दिए

यहाँका झिरहरी, सर्रे, गागन, खुट्टी, कमलालगायत खोला/नदीका केही क्षेत्रलाई वनले निषेधित क्षेत्र घोषणा गरेको छ । यसैबीच सिरहाको उत्तरवर्ती चुरे क्षेत्रका सामुदायिक र राष्ट्रिय वन क्षेत्रबाट काठ, ढुंगा तस्करी हुन थालेपछि वनले गस्ती सुरु गरेको छ ।

कृष्ण सामुदायिक वन आसपासबाट रातको समयमा बहुमूल्य सखुवा प्रजातिको रुख काटी तस्करी हुन थालेको उपभोक्ता समितिले वनलाई जानकारी गराएको थियो ।

सिरहाको डिभिजन वन कार्यालयका डिभिजनल वन अधिकृत सुभाषचन्द्र दासले काठ तस्करी हुन नदिन वन गस्ती सुरु गरिएको बताए ।

Comment


Related News

Latest News

Trending News