अपडेट 
२०७७ बैशाख १६, मंगलवार १२:०२

रौतहट । रौतहटका दुई जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

संक्रमित हुनोमा देवाही बोनाही नगरपालिका–१ का ३५ वर्षीय र वृन्दाबन नगरपालिका ९ का २४ वर्षीय पुरुष छन् ।

यो सँगै नेपालमा कोभिड–१९ संक्रमितको संख्या ५४ पुगेको छ ।

काठण्डुको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरुमा कोरोना पुष्टि भएको हो ।

ती दुवै लकडाउनका समयमा भारतबाट लुकिछिपी घर आएका थिए । उनीहरु घर फर्केको सूचना पाएपछि स्थानीय तहको समन्वयमा स्वाब संकलन गरी परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको थियो ।

त्यहँ रिपोर्ट नेगेटिभ आएपछि पुनः परीक्षणका लागि टेकु पठाइएको जिल्ला जनस्वास्थ्य कार्यालय रौतहटले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News