अपडेट 
२०७७ बैशाख १६, मंगलवार १६:०१

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिन नदिन लकडाउन भएको आज ३६ औं दिनमा लाखौँ करोडौं लगानीका हजारौं व्यवसाय ठप्प छन् ।

अत्यावश्यक सेवा भएकाले औषधि पसल र मेडिकल सप्लायर्सहरुले २४ घण्टा व्यवसाय गर्ने छुट पाएका छन् । तर यही मौकामा कतिपयले कालोबजारीको धन्दा चलाएका छन् । कमजोर अनुगमनको फाइदा उठाउँदै उपभोक्ता ठगिरहेका उनीहरु पछिल्लो समयमा भने दैनिकजसो कानुनको फन्दामा परिरहेका छन् ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको कारबाहीमा परेकाहरुको सूची हेर्दा बदमासी गर्नेमा औषधि पसलेदेखि ठूला मेडिकल सप्लायर्ससम्म देखिन्छन् ।

थर्मल गनमा फसेका अर्बपति

शंकर ग्रुपका मालिक सुलभ अग्रवाल कालोबजारीको आरोपमा २५ चैतमा पक्राउ परे । कीर्गिस्तानको अवैतानिक वाणिज्य दूतसमेत रहेका उनले ज्वरो नाप्ने थर्मल गनमा कालोबजारी गरेको थाह पाएपछि प्रहरीहरुले छद्म व्यापारी बनेर डिल गरेका थिए ।

पाँच हजार रुपैयाँ पर्ने थर्मल गन १५ हजार रुपैयाँमा बिक्री गर्न तयार भएका अग्रवालबाट प्रहरीले ६७ थान थर्मल गन बरामद गरेको थियो । प्रहरीले अग्रवालबिरुद्ध चारवटा मुद्धा चलाउन सरकारी वकिल कार्यालयमा फाइल बुझाएको छ ।

त्रिपुरेश्वरकै बदनाम

वाणिज्य विभागले १२ चैतदेखि १४ वैशाखसम्म बढी मूल्यमा स्वास्थ्य सामाग्रि बिक्री गर्ने ११ वटा फर्म तथा सप्लायर्सलाई जरिवाना गरिसकेको छ । जसतमध्ये अधिकांश सप्लायर्स त्रिपुरेश्वर क्षेत्रका छन् । उनीहरुले सिरिन्ज, ज्वरो नाप्ने थर्मल गन, मास्क, पीपीई सेटलगायतका स्वस्थ सामग्री बिक्रीमा बदमासी गरेका छन् ।

वाणिज्य विभागले ती बिक्रेतालाई १५ लाख ९० हजार रुपैयाँभन्दा बढी जरिवाना गरेको छ ।

बदमासी र जरिवाना

क्र.स.नाम ठेगानाकसुरजरिवाना (रु)मिति
न्यू हिमालय सर्जिकल हाउस, त्रिपुरेश्वर२० प्रतिशतभन्दा बढी नाफा राखेर सिरिन्ज बिक्री गरेको२ लाखवैशाख १४
भण्डारी सर्जिकल त्रिपुरेश्वरव्यवसाय दर्ता नदेखाएको५० हजारवैशाख १२
समिट हस्पिटल, लोकन्थली भक्तपुरआठ रुपैयाँको मास्कलाई २० रुपैयाँमा बिक्री गरेको२ लाखवैशाख ५
इन्टरनेश्नल  प्याथो साइन्टिफिक टेड्रर्स त्रिपुरेश्वरस्वास्थ्य सामग्री बढी मूल्य२ लाखवैशाख ७
सिरिस सप्लार्याय, त्रिपुरेश्वरस्वास्थ्य सामग्री बढी मूल्य२ लाखवैशाख ७
देउती सर्जिकल एण्ड साइन्टिफिक ट्रेडर्स४५ सयको थर्मल गनलाई ५७ सयमा बिक्री गरेको२ लाखवैशाख १०
गौतम इन्टरनेश्नल ट्रेडर्स, त्रिपुरेश्वरदुई पटक चेतावनी दिँदा खरिद बिक्री बिल नराखेको नराखेको४० हजारवैशाख १०
कालिका टेडर्स, सुकेधारानाइन्टी फाइभ मास्क ४ सयमा किनेर ६ सयमा बिक्री३ लाखवैशाख १२
महालक्ष्मी ईशान ट्रेडर्स, त्रिपुरेश्वर वैशाख १२दुई हजार रुपैयाँ बढी लिएर पीपीई सेट बिक्री गरेको२ लाखवैशाख १२
१०कान्तिपुर सर्जिकल, त्रिपुरेश्वरबिक्री बिल नदेखाएका२ लाखवैशाख १२
११प्रतिभा फार्मेसी, चापागाउँ, ललितपुरमास्क ८ रुपैयाँको मास्क २० रुपैयाँमा बिक्री गरेको२ लाखवैशाख १४

कालो बजारीमा कारबाही गर्न माग

व्यवसायिक मर्यादा पालना गराउन उपभोक्ता संरक्षण ऐन अन्र्तगत कारबाही गरिएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको भनाई छ । उपभोक्ता नठगिउन् भन्ने उदेश्यले मात्र कारबाही चलाइएको विभाग बताउँछ ।

विभागका अनुगमन शाखा निर्देशक सागर मिश्र व्यवसायी आफैं मर्यादित भए कारबाही आवश्यक नपर्ने बताउँछन् । तर व्यवसायीहरुमा कसले के गर्छ र ? भन्ने सोच पाइएको उनले बताए ।

उपभोक्ता संरक्षण ऐन अन्र्तगत विभागले अधिकतम तीन लाख रुपैयाँ जरिवाना गर्न सक्छ । तर, यो ऐनले मात्र अहिलेको बेथिति नियन्त्रण गर्न नसक्ने उपभोक्ता अधिकारकर्मीहरुको भनाइ छ । ठग ब्यापारीको बद्मासी रोक्न कालोबजारी ऐन लगाउनुपर्ने उनीहरुले माग छ ।

‘असल व्यापारीले ठगि गर्दैनन्, खराबलाई पैसा तिराएर माफ दिदा ठगी घट्दैन’, अधिकारकर्मी प्रेमलाल मर्हजन भन्छन्, ‘अझ संकटको बेलामा ठग्नु महापाप हो, त्यस्ता व्यापारीलाई कालोबजारी ऐन लगाएर नियन्त्रण गर्न पर्छ ।’

Comment


Related News

Latest News

Trending News