Warning: Trying to access array offset on false in /home/ejanakpu/public_html/wp-content/themes/janakpur today 1/functions.php on line 193
२०७७ बैशाख १६, मंगलवार १९:३५

 काठमाडौं । वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुको संगठन नेपाल बैंकर्स संघका अध्यक्ष भुवन दाहालले नेपाल राष्ट्र बैंकले क्रान्तिकारी निर्णय गरेर परिपत्र जारी गरेको प्रतिक्रिया दिएका छन् ।

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई मंगलबार परिपत्र जारी गर्दै कोरोना प्रभावित क्षेत्रहरुका लागि चौथो त्रैमासको ब्याजदरमा २ प्रतिशत छुट दिन निर्देशन दिएको छ ।



राष्ट्र बैंकको निर्देशनपछि अनलाइनखबरसँग कुरा गर्दै अध्यक्ष दाहालले क्रान्तिकारी परिपत्र आएको प्रतिक्रिया दिएका हुन् । यसको असरका बारेमा भने अब संघले अध्ययन गरेर थप प्रतिक्रिया दिने बताए ।

‘ग्रेट डिप्रेशन पछिको सबैभन्दा ठूलो असर यो नै हो भन्ने कुरा छ, संसारभरका केन्द्रीय बैंकले तरलता सहज गराउने नीति लिएका छन्’ अनलाइनखबरसँगकाे कुराकानीमा उनले भने, ‘यसै सन्दर्भमा हाम्रो केन्द्रीय बैंकले पनि ल्याएको हो, ब्याजदर घटाउने पोलिसी संसारका अन्य देशका केन्द्रीय बैंकले पनि लिएका छन् ।’

अध्यक्ष दाहालले बैंकको ब्याजदर यति नै परिवर्तन गर भनेर अहिलेसम्म केन्द्री बैंकले नभनेकाले यो परिपत्र क्रान्तिकारी भएको बताए ।

‘अहिलेसम्म राष्ट्र बैंकले हामीलई ब्याजर यति नै हुनुपर्छ भनेको थिएन, अहिले प्रतिशत नै तोकेर घटाउन भनेको छ । यो क्रान्तिकारी निर्देशन आएको छ’ उनले भने ।

Comment


Related News

Latest News

Trending News