अपडेट 
२०७७ बैशाख १७, बुधबार ०७:५४

काठमाडौं  ।  नेपाल सरकार र भारत सरकारबीचको दुई पक्षीय छलफलपछि नेपाल सीमा रोकिएका करीव एकसय जना भारतीय नागरिक भारतमा र भारत सीमामा रोकिएका दुईसय ७० जना नेपालीहरू नेपाल फर्किएका छन् ।

त्यस्तैं, अझै पनि भारत सीमामा दुई हजार एक सय ३४ नेपाली रोकिएका छन् भने नेपालमा एकहजार दुईसय ६१ जना रोकिएका छन् । दुई देशबीचको छलफलपछि मात्र सीमा रोकिएका नागरिकहरूलाई आ–आफ्नो मुलुकमा फर्काउन सकिने सशस्त्र प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक प्रवीनकुमार श्रेष्ठले बताउनुभयो ।

भारतमा कोरोना महामारीको रुपमा फैलिएका कारण सीमा थप कडाईमा स्थानीय जनप्रतिनिधि र सर्वसाधारणको सहभागिता बढाउन सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले निर्देशन दिनु भएको छ । प्रहरीको आँखा छल्नेलाई स्थानीयको सहयोगमा नियन्त्रण लिन सकिने दावी उहाँको छ ।

Comment


Related News

Latest News

Trending News