अपडेट 
२०७७ बैशाख १७, बुधबार ०९:४०

काठमाडौं।  बहराइनमा थप ७२ जना नेपाली श्रमिकमा कोरोना सङ्क्रमण पुष्टि भएको छ।

बहराइनमा रहेको नेपाली दूतावासका श्रम सहचारी दामोदर दाहालले दिएको जानकारी अनुसार बहराइनमा कोरोना संक्रमितको संख्या १ सय २१ पुगेको छ।

यसअघि बहराइनम ४९ जना नेपाली श्रमिकमा कोरोना सङ्क्रमण देखिएको थियो।

सङ्क्रमित सबैको बहराइन सरकारले उपचार गरिरहेको र स्वास्थ्य अवस्था सामान्य रहेको बहराइनस्थित नेपाली दूतावासले जनाएको छ। बहराइनमा झण्डै ३० हजार नेपाली श्रमिक कार्यरत छन्।

Comment


Related News

Latest News

Trending News