२०७७ बैशाख १७, बुधबार १०:०७

काठमाडौं । हाल विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरसबाट सबैभन्दा बढि शिकार अमेरिकाका जनता भएका छन् । जहाँ अहिलेसम्म ५९ हजार २ सय ६६ जनाको मृत्यु भइसकेको छ । त्यहाँको कूल संक्रमित संख्या भने १० लाख ३५ हजार ७ सय ६५ पुगेको छ ।

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा कोरोना संक्रमितको संख्या १० लाख नाघेको वेला भनेका छन् कि ‘यो संख्या एकदिन शून्य हुनेछ ।’

ट्रम्पले यसभन्दा अघि फेब्रुअरीमा पनि भनेका थिए कि अमेरिकामा संक्रमणको मामला शून्य हुनेछ । उक्त समय अमेरिकामा कोभिड-१९ संक्रमणको जम्मा १५ मामलाहरु मात्र पुष्टि भएका थिए ।

पत्रकारहरुको प्रश्नमा ट्रम्पले भने, ‘विस्तारै यो संख्या आखिरमा शून्य हुनेछ । हामी दुनियाँको कुनै अन्य देशहरुले भन्दा एकदमै बढि टेस्ट गरिरहेका छौं र सोहि कारण संक्रमितहरुको संख्या पनि सबैभन्दा धेरै देखिएको हो । सहि समय आउनासाथै संक्रमितहरुको संख्या शून्य हुनेछ ।’

Comment

Related News

Latest News

Trending News