अपडेट 
२०७७ बैशाख १७, बुधबार १०:११

काठमाडौं । नेपाली समय अनुसार बुधबार बिहान ७ बजेसम्ममा संसारभरीमा कोरोना भाइरस संक्रमितको संख्या ३१ लाख ३६ हजार ५ सय ७ पुगेको छ । कोरोना भाइरसबाट अहिलेसम्म २ लाख १७ हजार ८ सय १३ जनाको मृत्यु भइसकेको छ भने ९ लाख ५३ हजार ३ सय २१ जना चाहिँ निको भएर घर फर्किसकेका छन् ।

कोरोनाबाट सबैभन्दा बढि शिकार अमेरिकाका जनता भएका छन् । जहाँ ५९ हजार २ सय ६६ जनाको मृत्यु भइसकेको छ । त्यहाँको कूल संक्रमित संख्या भने १० लाख ३५ हजार ७ सय ६५ रहेको छ ।

त्यसैगरी छिमेकी मुलुक भारतमा कूल संक्रमितको संख्या ३१ हजार ३ सय २४ पुगेको छ भने अहिलेसम्म १ हजार ८ जनाको मृत्यु भइसकेको छ ।

नेपालमा अहिलेसम्म ५४ जना संक्रमित भएका छन् भने १६ जना चाहिँ निको भएर घर फर्किसकेका छन् ।

Comment


Related News

Latest News

Trending News