अपडेट 
२०७७ बैशाख १७, बुधबार ११:५५

चितवन । कोरोना भाइरस सङ्क्रमित एक महिलाको तेस्रो पटक गरिएको पुनः कोरोना परीक्षण नतिजा पनि पोजिटिभ नै आएको छ ।

वैशाख १५ गते स्वाब सङ्कलन गरी पुनः परीक्षण गर्दा ६३ वर्षीया महिलाको नतिजा पुनः पोजेटिभ नै आएको हो ।

ती महिला हाल भरतपुर अस्पतालको आइसोलेसनकक्षमा उपचाररत छिन् । उनीमा वैशाख ५ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

उनका २७ वर्षीय छोरा भने निको भइसकेका छन् । आमाछोरा दुवैको कोरोना सङ्क्रमणसँगै पुष्टि भएको थियो ।

उनीहरु चैत ३ गते बेलायतबाट नेपाल आएर काठमाडौँबाट ५ गते चितवन आएका थिए ।

राप्ती नगरपालिका–८ निवासी दुई जनाकै कन्ट्रयाक्ट ट्रेसिङ गरी अन्यको कोरोना परीक्षण गरिएको थियो तर, कसैमा पनि कोरोना सङ्क्रमण देखिएन ।

Comment


Related News

Latest News

Trending News