अपडेट 
२०७७ बैशाख १७, बुधबार १५:००

मेलम्ची । रोजगारी र विभिन्न प्रयोजनमा विदेश गई फर्किएका मध्ये सिन्धुपाल्चोकमा एक तिहाइको मात्र स्वास्थ्य जाँच गरिएको छ ।

जिल्ला जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकका अनुसार चैत महिनामा विदेशबाट जिल्लामा तीन सय ६३ जना फर्किएकामा हालसम्म एक सय २० जनाको स्वास्थ्यजाँच गरिएको छ । यी सबैको र्यापिड डायग्नोस्टिक टेस्ट (आरटीडी) गरिएको हो ।

यसैगरी जिल्लाभित्र रहेका मुस्लिम समुदायका ८८ मध्ये ५३ जनाको परिक्षण गरिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुर्गादत्त चापागाईले जानकारी दिनुभयो ।

परिक्षण गरिएको सबै नतिजामा कोरोना नभएको पाइएको स्वास्थ्य कार्यालयले जानकारी दिएको छ ।

Comment


Related News

Latest News

Trending News