अपडेट 
२०७७ बैशाख १७, बुधबार १६:४१

जनकपुरधाम । धनुषामा एक युवकको वेवारिसे अवस्थामा शव फेला परेको छ । धनुषाको नगराइन नगरपालिका वडा नम्बर ७ स्थित देवडीहामा अन्दाजी ४० वर्षीय एक युवकको शव फेला परेको हो ।

देवडिहाको पुरनी पोखरीतर्फको जमिनमा मृत अवस्थामा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

मृतकको पहिचान हुन नसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मृतक साइकलमा आएको र घाम छल्न रुखमुनि छहारीमा बसेको जस्तो प्रारम्भिक अनुसन्धानले देखाएको धनुषा प्रहरीका प्रवक्ता रामेश्वर कार्कीले बताए । प्रहरीले अनुसन्धान सुरु गरेको भएपनि पोस्टमार्टम रिपोर्ट आएपछि मात्र मृत्युको कारण खुल्ने प्रवक्ता कार्कीले बताए ।

Comment


Related News

Latest News

Trending News