अपडेट 
२०७७ बैशाख १७, बुधबार १६:५२

विराटनगर । सरकारले कोरोना संक्रमण रोकथाम र नियन्त्रणका लागि लकडाउनको अवधिमा पनि ठूलो परिमाणमा विराटनगर भन्सार नाकाबाट खाद्यान्न, तरकारी र फलफूल भित्रिएको छ । लकडाउनको ३५ दिनको अवधिमा सो नाकाबाट ७१ करोड ४० लाख ५९ हजार ९ सय १७ रुपैयाँ मूल्य बराबरको १३ लाख २ हजार ५ सय ३४ टन खाद्यान्न, तरकारी र फलफूल भित्रिएको हो ।

विराटनगर भन्सारका प्रमुख शिव भण्डारीका अनुसार विराटनगर नाकाबाट सबै भन्दा बढी दुई करोड ९१ लाख ९७ हजार छ सय आठ रुपैयाँ मूल्य बराबरको साढे चार लाख ४३ हजार ७ सय १० किलोग्राम चामल भित्रिएको छ । त्यसैगरी २२ करोड ५१ लाख ५५ हजार चार सय ९९ रुपैयाँ बराबरको ६८ लाख ५१ हजार एक सय ४२ किलोग्राम भुटेर खाने मकै नेपाल भित्रिएको छ । त्यस्तै धान तीन करोड ५४ लाख ४८ हजार सात सय २४ रुपैयाँ बराबरको आठ लाख ६५ हजार ५७ किलोग्राम भित्रिएको छ ।

९४ लाख ६२ हजार नौ सय ७६ रुपैयाँ बराबरको दुई लाख ७९ हजार तीन सय ६५ किलोग्राम गहुँ भित्रिएको छ । त्यस्तै खाद्यान्नको रुपमा प्रयोगमा आउने मकै २३ करोड ६५ लाख ३६ हजार बराबरको ७१ लाख ४६ हजार नौ सय ३२ किलोग्राम विराटनगर भित्रिएको छ ।
त्यसै गरी तराकारीतर्फ तीन करोड १९ लाख एक हजार तीन सय ९६ रुपैयाँ बराबरको ११ लाख ६० हजार नौ सय ८६ किलो आलु भित्रिएको छ ।

चार करोड २६ लाख १३ हजार सात सय ६८ रुपैयाँ बराबरको ११ लाख ९१ हजार १२ किलो प्याज र ३३ लाख १९ हजार छ सय पाँच रुपैयाँ बराबरको एक लाख ७६ हजार आठ सय २२ किलो हरियो तरकारी भित्रिएको छ । भारत लगायत तेश्रो मुलुकबाट आएको आठ करोड २१ लाख ७३ हजार तीन सय ४१ रुपैयाँ बराबरको १० लाख ८८ हजार १ सय ६१ किलो फलफुल पनि यही अवधिमा भित्रिएको हो ।

लकडाउनको अवधिमा विराटनगर भन्सारबाट २३ करोड ३८ लाख तीन हजार बराबरका खजुरको प्रशोधित तेल, सूर्यमुखी फूलको प्रशोधित तेल, चाउचाउ नुडल्स, पास्त लगाउतका वस्तु निकासी भएको छ । त्यस्तै भारत लगायत तेश्रो मुलुकबाट दुई अर्ब २१ करोड ६६ लाख ५१ हजार मूल्य बराबरको वस्तु आयात भएको छ ।

नाकाबाट मानिसको आवतजावत पूर्णरुपमा बन्द भएपनि आयात र निर्यातमा भने कुनै अवरोध छैन । अन्य भन्सारमा अवरोध भएपनि विराटनगर भन्सारबाट भने निर्वाध आयात निर्यातको काम भइरहेको छ ।

Comment


Related News

Latest News

Trending News