अपडेट 
२०७७ बैशाख १७, बुधबार १७:३३

काठमाण्डौ । कतार सरकारले नेपाललाई दिएको औषधी र उपकरण काठमाण्डौ आइपुगेका छन् ।

कतार सरकारले नै चाटर्ड गरेर पठाएको कतार एअरवेजको जहाजले औषधी र उपकरण ल्याएको हो । कतार फन्ड फर डेभलपमेन्टले नेपाललाई चाहिने अत्यावश्य सामग्री सहयोगको रुपमा नेपाल पठाइएको जनाएको छ ।

फन्डका निर्देशक खालिफा विन जसिम अल कुवारीले कोरोनासँग जुधिरहेको नेपाललाई मित्रराष्ट्रका हैसियतले सामग्री पठाएको बताउनुभएको छ । १० टन मेडिकल सामग्री बोकेको कतार एयरवेजको जहाज त्रिभुवन विमानस्थलमा अवतरण भएको छ ।

Comment


Related News

Latest News

Trending News