अपडेट 
२०७७ बैशाख १७, बुधबार २१:४३

काठमाडौं । सत्तारुढ नेकपामा यतिबेला राजनीतिक रस्साकस्सी जारी छ। प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प खोज्नुपर्ने एक पक्षको अडान छ भने ओलीलाईनै निरन्तरता दिनुपर्नेमा ओली पक्षका नेताहरुको जोड छ।

यसै सन्दर्भमा नेकपा युवा नेत्री नविना लामाले आफ्र प्रधानमन्त्री ओलीको पक्षमा रहेकोस्पष्ट पारेकी छन्। सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै उनले स्थिर सरकार र समृद्ध नेपालको निर्माण सहितको ५ बर्षे म्यान्डेट यस सरकारलाई जनताले दिएको बताउँदै ओलीको विकल्प खोज्न नहुने बताएकी छन्।

यस्तो छ उनको स्ट्याटस

‘अहिले हामी सवै गलत बाटोमा जानु हुँदैन। अहिलेको पार्टी नेतृत्व र प्रधानमन्त्री केपी ओलीको विकल्प छैन। स्थिर सरकार र समृद्ध नेपालको निर्माण सहितको ५ बर्षे म्यान्डेट यस सरकारलाई जनताले दिएका छन्।

महाधिवेशनबाट निर्वाचित अध्यक्षलाई च्युत गर्ने दुस्साहस, गुटबन्दी भर्त्सना योग्य छ र यस्तो दिवास्वप्नमा रम्नु बेकार छ।गल्ति, कमजोरीहरुलाई पार्टीको विधि प्रकृयाबाट हल गर्नुनै अहिलेको समस्या समाधानको मुख्य उपाय हो। यो आम कार्यकर्ता र शुभेच्छुकको भावना पनि हो । यो भावनाको प्रतिनिधित्व नेतृत्व बर्गले गर्नु हुनेछ भन्ने आशा व्यक्त गर्दछु।’I’m with Kp Oli

Comment


Related News

Latest News

Trending News