अपडेट 
२०७७ बैशाख १७, बुधबार २२:०१

पर्सा। पर्सामा लकडाउनको अवधिमा पनि हुन्डी कारोबारी सक्रिय रहेको पाइएको छ । पर्सा प्रहरीले बुधवार अपराह्न साढे ११ लाख रुपैयाँसहित एकजनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका १६ ईनार्वाका २९ वर्षीय सुनिलकुमार यादव छन् ।

यादवलाई वीरगंज महानगरपालिका १६ रजतजयन्ती चोकमा भारतबाट आइरहेको क्रममा चेकजाँच गर्ने क्रममा उनको साथबाट साढे ११ लाख रुपैयाँ बरामद गरिएको पर्साकी प्रहरी उपरीक्षक गंगा पन्तले जानकारी दिइन् ।

बरामद गरिएको नगदसहित यादवलाई जिल्ला प्रहरी कार्यालयमा राखेर थप अनुसन्धान भइरहेको एसपी पन्तले बताइन्।

Comment


Related News

Latest News

Trending News