अपडेट 
२०७७ बैशाख १८, बिहीबार ०९:०३

काठमाडौं । आज पनि देशका केही स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना रहेको मौसमविद्ले जनाएका छन् । अहिले पश्चिमी र स्थानीय वायु तथा पूर्वी भू(भागमा बनेको न्यून चापिय क्षेत्रको प्रभाव हुनुका साथै बंगालको खाडी सागरबाटसमेत जलवाष्पयुक्त हावा प्रवेश गरेकाले अझै केही दिन वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले २४ घण्टामा मेघगर्जन, चट्याङ्ग, असिना र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकाले सतर्क रहन आग्रह गरेको छ ।

शुक्रबार र शनिबारको मौसम पूर्वानुमान

शुक्रबार

दिउँसोः देशको पहाडी भू-भागमा सामान्य बदली र अन्य भू-भागमा आंशिक बदली रही अपरान्ह पछि पश्चिमी र पूर्वी पहाडी भू(भागका थोरै स्थानमा मेघगर्जन, चट्याङ्ग, असिना, हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा र बाँकी भू-भागका केही स्थानमा मेघगर्जन, चट्याङ्ग, असिना, हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

रातीः देशको पश्चिमी पहाडी भू-भाग तथा मध्य र पूर्वी भू-भागमा सामान्य बदली र अन्य भू-भागमा आंशिक बदली रही पश्चिमी पहाडी भू-भागका थोरै स्थानमा मेघगर्जन, चट्याङ्ग, असिना, हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा र बाँकी भू-भागका केही स्थानमा मेघगर्जन, चट्याङ्ग, असिना, हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको छ।

शनिबार

दिउँसोः देशको पश्चिमी पहाडी भू-भागमा मध्यान्हपछि तथा मध्य र पूर्वी भू-भागमा सामान्य बदली र अन्य भू-भागमा आंशिक बदली रही देशका पहाडी भू-भागका केही स्थानमा मेघगर्जन, चट्याङ्ग, असिना, हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

रातीः देशको मध्य तथा पूर्वी पहाडी भू-भाग र पश्चिमी भू-भाग सामान्य बदली तथा पूर्वी खण्डको तराइ भू-भागमा आंशिक बदली रही बाँकी अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने छ ।

देशका पश्चिमी र पूर्वी पहाडी भू-भागका केही स्थानमा र मध्य भू-भागका १र२ स्थानमा मेघगर्जनर चट्याङ्ग, असिना र हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

Comment


Related News

Latest News

Trending News