अपडेट 
२०७७ बैशाख १८, बिहीबार ०९:१४

जनकपुरधाम ।  रौनियार सेवा समिति जनकपुरधामले आफनै स्वजाती भित्रका अभाव भएकाहरुलाई राहत वितरण गरेका छन् ।

करिव सावा महिनाको लगातारको बन्दाबन्दीको कारण कुनै पनि जातमा दैनिक काम र मजदुरी गर्नेहरुमा एतिवेला अभाव रहेकाले उनीहरुको समस्यामा केहि भएपनि राहतका लागि सहयोग गरेको रौनियार युवा मञ्चका महासचिव रितेश गुप्ताले बताए ।

समिति र मञ्चले संयुक्त रुपमा करिव ५० जनालाई २० किलो चामल सहितका खाद्यान्न समाग्री वितरण गरेका थिए ।

राहतमा सरकारी निकायहरु गरिव दलितहरुलाई मात्र प्राथमिकमा राख्ने गरेकाले अन्य जात र समुदायका गरिव विपन्नहरु समस्या पर्ने गरेका छन् । गरिव दलितहरुलाई सवै भन्दा बढि समस्या रहेपनि अन्य जातमा पनि अभाव झल्नेहरु धेरै रहेको र उनीहरु भन्न समेत लाज मानिरहेकाले सवै जातजातीले आफनो समुदायमा अभाव रहेकाहरुको बारेमा सोच्न आवयश्क रहेको मञ्चको बुझाई छ ।

Comment


Related News