Warning: Trying to access array offset on false in /home/ejanakpu/public_html/wp-content/themes/janakpur today/functions.php on line 193
२०७७ बैशाख १८, बिहीबार १०:१६

जनकपुरधाम।  प्रदेश २ का कोरोना परिक्षण मेशिन पिसीआर बन्द हुँदा मुख्यमन्त्री तनावमा छन् । एसपी खवरले विहिवार विहान कोरोना बारे प्रदेश २ को अपडेट बुझन खोज्दा मुख्यमन्त्री आक्रोसित हुदै भने, ‘म एक्लै के के गर्ने, केहि बोले भने समाजिक विकास र आन्तिर मामिला मन्त्री रिसाउनु हुन्छ ।’ कसलाई के भन्ने ?

यो कामहरु त समाजिक विकास र आन्तिर मामिलाले मुख्यतः हेर्नु पर्ने हो भन्दै मुख्यमन्त्री राउतले जाबो मेशिन चलाउन पनि हप्तौ लाग्ने गरेको छ कसलाई के भन्ने ? दुःख व्यतm गरेका छन् । पिसिआर मेशिनहरु बन्द हुँदा चौतर्फी तनाव बढेको मुख्यमन्त्री सचिवालयको भनाई छ । काम गर्ने विभिन्न निकाय भएपनि जवाफ मुख्यमन्त्रीले दिनुपर्ने समस्या रहेको राउतको भनाई छ ।



सर्लाही धनकौलका १४ वर्षिय किशोरको जनकपुरधाम प्रादेशिक अस्पताल स्थित परिक्षण गर्दा नेगेटिभ भनेर घर फर्काइएको तर पछि टेकुको उनको रिपोर्ट पोजेटिभ आँउदा प्रदेशको परिक्षण माथी प्रश्न उठेपछि जनकपुरधाम स्थित मेशिन बन्द भयो । उता बिरगंजको पनि पिसिआर बन्द भएको र पर्सा बारामा लगातार संक्रमित थपिदै गएपछि क्षेत्र तथा जिल्लाका फोन कलहरुले समेत मुख्यमन्त्रीलाई तनाब भइरहेको छ ।

Comment


Related News

Latest News

Trending News