अपडेट 
२०७७ बैशाख १८, बिहीबार १२:४९

 काठमाडौं । पाकिस्तानमा एकैदिनमा अहिलेसम्मकै सबैभन्दा धेरै कोरोना भाइरस (कोभिड–१९) का संक्रमित फेला परेका छन् ।

पाकिस्तानको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा पाकिस्तानमा आठ सय ७४ नयाँ संक्रमित फेला परेका हुन् । यससँगै पाकिस्तानमा समग्र संक्रमितको संख्या १५ हजार सात सय ५९ पुगेको छ ।

त्यस्तै अहिलेसम्म पाकिस्तानमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या पनि तीन सय ४६ पुगेको छ । पाकिस्तानमा मे ९ सम्म कोरोना भाइरस नियन्त्रणका लागि मुलुकभर लकडाउनको घोषणा गरिएको छ ।

अहिलेसम्म पाकिस्तानमा चार हजार ५२ जना कोरोना भाइरसका संक्रमित निको भएर घर फर्किसकेका छन् ।

यसैबीच पाकिस्तानले विभिन्न मुलुकमा फसेका सात हजारभन्दा धेरै नागरिकलाई मुलुकमा फिर्ता ल्याउने बताएको छ । उनीहरुलाई मे महिनाको पहिलो सातामा पाकिस्तानमा फिर्ता ल्याइने बताइएको छ ।

Comment


Related News

Latest News

Trending News