अपडेट 
२०७७ बैशाख १८, बिहीबार १७:३३

काठमाडौं । कोरोनाका कारण विश्व अर्थव्यवस्था प्रभावित छ । अर्थव्यवस्थाको नक्शा र चरित्र पनि बदलिदै छ । विश्व अर्थतन्त्रका महाशक्ति राष्ट्र समेत भाइरसको प्रभावबाट थिलथिलो भएको बेला नेपाली अर्थतन्त्र पनि अछुतो रहन सकेको छैन । किन कि परिस्थिति जटिल बेग्लै, भिन्न र असामान्य छ ।

असामान्य अवस्थाकै बीचमा आउने आगामी बजेट पनि असामान्य नै हुनुपर्छ र हुन्छ पनि । जनवरी यताका करिब ४ महिनामा मुलुकका आर्थिक उत्पादनका साधनहरु बिस्तारै ठप्प हुदै गएका छन् । क्रमश उत्पादन दर ओरालो लागिरहेको छ । राष्ट्रिय आय घट्दो दरमा छ । चालु आर्थिक वर्षको मध्यतिर कोरोनाको महामारीको संक्रमण बढेपछि अर्थतन्त्र पहिलो शिकार भइरहेको छ ।

यद्यपी सरकारले चालु आर्थिक वर्षमा साढे ८ प्रतिशत आर्थिक वृद्धिदरको प्रक्षेपण गरेको थियो । तर,सरकारी प्रक्षेपण अनुसार आर्थिक वृद्धि दर हासिल नहुने पक्का छ । विश्व बैक, एशियाली विकास बैक लगायतका संस्थाले समेत सरकारले गरेको प्रक्षेपण अनुसार आर्थिक बृद्धिदर हासिल असंभव भनिसकेका छन् । राष्ट्रिय आयका क्षेत्रहरु मुलतः विप्रेशन पर्यटन,कृषि ,उद्योग तथा सेवा क्षेत्र निष्कृय हुदै गएका छन् । पूँजीगत खर्च एक चौथाइमा छ ।

Comment


Related News

Latest News

Trending News