
सुरेन्द्र महतो (जोहरबारु,मलेशिया) । हेल्प मधेसी संस्था मलेसियाका शाखा बातुपहात समिति द्वारा महोत्तरीमा जिल्लामा भएका अन्धो ,अपाङ्ग जस्ता बिपन्न परिबारहरु लाई जम्मा ६ ,घरधुरी लाई खाद्यान्न सामाग्रीहरु नेरु :- ११००० /- को प्याकेज बनाई वितरण गरेकाछ्न ।
प्रदेश २ का महोत्तरी, राम गोपालपुर ७ हरिनमरि गाउँ मा बसोबास गर्दै आइरहेको अन्धो परिबार बाट गोपाल खत्बे ,अपाङ्ग परिबार बाट सुनेखा देबि खत्बे जस्तै बिपन्न परिबार हरु ,चन्देश्वर मंडल ,फेक्न मण्डल खत्बे , सुन्दरकला देबि मण्डल, भर्भरि देबि जस्ता जम्मा ६ जना परिबारहरु लाई हेल्प मधेसी मलेसियाका बातुपहात शाखामा रहेका पदाअधिकारीज्यु हरु द्वारा अप्रिल ३० तारिक आज बिहिवार दिउसो ३ बजे तिर विभिन्न खाद्यान्न सामाग्रीहरु सहयोग भएका छ्न ।
जम्मा ६ जना घरधुरी एकमुस्ट सहयोग सामाग्रीहरु निम्न बमोजिम ।१:- चाबल -९० के.जि ( प्रती परिबार १५ के.जि)२:-दाल :- १२ के.जि. ( प्रती परिबार २ के.जि.)३:-नुन :- ६ प्याकेट ( प्रती परिबार १ प्याकेट)४:-तेल :- ६ के.जि. (प्रती परिबार १ के.जि )५:प्याज :- १२ के.जि. ( प्रती परिबार २ के.जि.)६:आलु :- १८ के.जि ( प्रती परिबार ३ के जि )७ सोयाबिन :- ६ प्याकेट ( प्रती परिबार १ प्याकेट) यस सहयोग सम्बन्ध बारे ल हेल्प मधेसी मलेसिया बातुपहात का संयोजक रमेश कुमार यादब ज्यु ले जनकारी गराएका छ्न ।
अहिले को २१ शताब्दीमा मानबता , सहयोग , सद्भाव बिर्सिदै गईरहेका समयमा “हेल्प मधेसी” नामक संस्थाले ठुलो पाठ सिकाउदै आइरहेका छन् । हेल्प मधेसीका सदस्य हरु देश ,बिदेश मा भएर पनि आफ्नो महिना को तलब बाट केही पैसा संस्था मा जम्मा गरि आफ्ना देशमा आफ्नो गाउँ ठाउँमा भएका गरिब दलित , असाय , निसाय , बिपन्न घर परिबार हरु लाई सहयोग र उहाँ हरु बारेमा चिन्ता जचाउदै आइरहेका छन । नेपाल मा रहेको हेल्प मधेसी सक्रिय सदस्य राजेश कुमार यादब त्यसैगरी स्थानिय युवा सुशिल ज्यु ले यी सामाग्रीहरु पिडित हरु को घरमै गइ हस्तान्तरण गरेका थिए । र उहाँहरुको स्वछा अनुसार नै भिडियो खिचेएको थियो ।