अपडेट 
२०७७ बैशाख १८, बिहीबार २०:४९

विराटनगर । प्रदेश १ मा कोरोनाको सम्भावित संक्रमितको प्रयोगशाला परीक्षणका लागि सामग्री अभाव भएको छ ।

झापामा केही दिनअघि कोरोना संक्रमित देखिएपछि त्यस क्षेत्रमा एक सय ५० जना शंकास्पदको परीक्षण गर्नुपर्नेछ । तर जिल्ला जनस्वास्थ्य कार्यालयसँग ५० वटा मात्र स्वाब संकलन गर्ने भीटीएम (भाइरल ट्रान्सपोर्ट मिडियम) छ ।

हामीसँग पर्याप्त सामाग्री छैन, तर काम चलाउँछन्’ जनस्वास्थ्य कार्यालय झापाका उपप्रमुख जीवन चौलागाई भन्छन् ‘पर्याप्त सामग्री नहुँदा सोचेअनुसार परीक्षण गर्न सकिएको छैन ।’

जिल्लामा कोरोना भाइरसका सम्भावित संक्रमितको परीक्षण गर्न पर्याप्त सामग्री नभएकाले पुन माग गरिएको चौलागाईंले बताए ।

सामान आएको भए काम सकिन्थ्यो

झापाजस्तै समस्या उदयपुरमा पनि परेको छ । उदयपुरको त्रियुगा नगरपालिका कोरोना संक्रमणको ‘हटस्पट’ बनेको छ । तर समयमा नै स्वास्थ्य सामग्री नआउँदा परीक्षण गर्न समय लागेको त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरी बताउँछन् ।

‘सुरुमा त संघ र प्रदेशले समन्वय गर्न चासो दिएएन्’ उनले भने ‘अहिले कोर्डिनेशन भएको छ, सामान पर्याप्त भए परीक्षण सकिइसक्थ्यो ।’ उनले सरकारले सामान उपलब्ध नगराउँदा त्रासमा बस्नु परेको बताए ।

मन्त्रालयका विज्ञ भन्छन् – देशभर गाह्रो छ

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विषेशज्ञ डा. रोशन पोखरेल देशभर नै स्वास्थ्य सामग्री पर्याप्त नभएको स्वीकार गर्छन् । मन्त्रालयले खरिदको तयारी गरेको बताउँदै उनी काम चलाउँदै गर्नका लागि भने सबैतिर सामग्री पुगेको बताउँछन ।

प्रदेश एक सामाजिक विकास मन्त्रालयका प्रवक्ता डा. सुरेश मेहता आवश्यक परेको ठाउँमा सामान पठाइरहेको बताउँछन् ।

Comment


Related News

Latest News

Trending News