अपडेट 
२०७७ बैशाख १९, शुक्रबार ०७:०३

जनकपुरधाम । कोरोना भाइरस (कोभिड १९) बाट उत्पन्न जटिल परिस्थितिको अनुगमन गर्न सरोकारवाला निकायहरुको एक सर्वपक्षीय अनुगमन समिति गठन गरिएको छ ।

राष्ट्रिय मानवअधिकार आयोग, नेपाल बार एशोसिएसन, नेपाल पत्रकार महासंघ, गैर सरकारी संस्था महासंघको पदाधिकारी सम्मिलित एक जिल्लास्तरीय मानवअधिकार अवस्था अनुगमन समिति भएको छ ।

बुधवार एक बैठकबाट नेपाल बार एशोसिएसनका रामनेक साहको संयोजकत्वमा ५ सदस्यीय जिल्ला स्तरीय मानवअधिकार अवस्था अनुगमन समिति गठन भएको हो ।

सो समितिको सदस्यहरुमा गैसस महासंघका सुरेशप्रसाद यादव, नेपाल पत्रकार महासंघ धनुषाका कोषाध्यक्ष अवधेश कामत, राष्ट्रिय मानवअधिकार आयोगकी रेखा दत्त र मानवअधिकारकर्मी विनोद महरा रहेका छन ।

उक्त समितिले बैठकमा निर्णय भए अनुसार मानवअधिकार अवस्था अनुगमन नेटवर्क कार्यविधि समेत तयार पारेको छ । सो कार्यविधि अनुसार जिल्लास्तरीय संगै प्रदेश, केन्द्र र उच्चस्तरीय अनुगमन समिति समेत गठन गर्नेछ ।

सो समितिले जीवनको अधिकार, बिरामीहरुको उपचार, स्वास्थ्य सामाग्री र औषधिको उपलब्धता, स्वास्थ्यकमीृको मनोबल, निजी अस्पतालको भूमिका र कोरोना भाइरस सम्बन्धित स्वास्थ्य सम्बन्धी क्रियाकलापको अनुगमन गर्नेछ ।

यसका साथै विपन्न वर्गको जीवनयापनको समस्या, राहत वितरण र उपभोक्ता समितिको अधिकार, नागरिकहरुको न्याय प्रशासनमा पहुँच, आवात जावतमा समस्या, सीमामा आइपुगेका नेपालीको समस्या र संचार माध्यमको भूमिका, समाजिक संजालको प्रयोग लगायतका क्षेत्रमा पनि अनुगमन गर्ने भएको छ ।

Comment


Related News

Latest News

Trending News