
लहान ।आफ्नो ब्यक्तिगत आर्थिक खर्च गरेर प्रदेश ( २ का प्रदेश सभासद तथा सिरहाको सुखीपुर न पा ८ का मदन सेन प्रसाद श्रीवास्तवले गरीव विपन्न नागरिक तथा बाट वटोहीहरुलाई आज देखि एक हप्ता सम्म को लागि राम जानकी मन्दिर सुखीपुरको प्राङ्गणमा बिहान र साझ निःशुल्क खाना खुवाउने भएका छन् ।विश्वमा नै महामारीको रुपमा फैलिएको कोरोना भाइरस ९कोभिड–१९० को संक्रमण रोकथामका लागि सरकारले लकडाउनको घोषणा गरेपछि प्रत्यक्ष मारमा परेका गरीब, विपन्न तथा ज्यालादारी नागरिकहरुको अवस्थालाई मध्यनजर गर्दै विहान ९ बजे देखि १ बजे सम्म , साझ ६ बजे देखि ७ः३० ९साढे सात० बजे सम्म श्री राम जानकी मन्दिर सुखीपुरको परिसरमा खाना खुवाउने प्रदेश सांसद श्रीवास्तवले बताएका छ्न। श्रीवास्तवले सिरहा जिल्लाको निर्वाचन क्षेत्र– २ ९ख० बाट प्रदेश सभामा अत्यधिक मत प्राप्त गरेर निर्वाचित हुन भएको छ। हुन त यस प्रकारको कार्य सामुहिक सहयोगमा धेरै ठाउँमा हुने गरेको छ तर ब्यक्तिगत आफनै सहयोगमा गर्ने वहाँ पहिलो सभासद हुनु हुन्छ ।
