अपडेट 
२०७७ बैशाख १९, शुक्रबार १३:२१

काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत हौ यान्छीले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का शीर्ष नेताहरूसँगको भेटलाई तीव्रता दिएकी छन् ।

यान्छीले शुक्रबार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग खुमलटारमा भेटवार्ता गरिन् ।

कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि चीनले गरेको सहयोगका लागि धन्यवाद दिँदै थप सहयोगका लागि आग्रह गरेको अध्यक्ष प्रचण्डको सचिवालयले जानकारी दिएको छ ।

प्रचण्डलाई भेटे लगत्तै यान्छी नेकपा वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई भेट्न कोटेश्वर पुगेकी थिइन् ।

नेकपा विदेश मामिला विभाग प्रमुखसमेत रहेका नेता नेपाल र यान्छीबीच दुई देशबीचको घनिष्ठ सम्बन्धका विविधि पक्षमा छलफल भएको विभागका उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।

यान्छीले हिजो प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटघाट गरेकी थिइन् । नेकपामा अन्तरविरोध चर्किएका बेला यान्छीको भेटलाई अर्थपूर्ण मानिएको छ ।

Comment


Related News

Latest News

Trending News