जनकपुरधाम ,१९ बैशाख ।कोरोना भाइरस रोकथाम तथा नियन्त्रण गर्ने उद्देश्यले प्रदेश नं २ मा आज ९२ जनाको स्वाबको नमूना सङ्कलन गरिएको छ ।
यो सँगै अहिलेसम्म प्रदेशमा दुई हजार ३१० जनाको स्वाबको नमूना सङ्कलन गरिएको छ । तीमध्ये एक हजार ४४५ जनाको नमूना परीक्षण गर्दा एक हजार ४३३ जनाको नतिजा नेगेटिभ आएको छ भने ८६५ जनाको नतिजा आउन बाँकी रहेको यहाँ आयोजित पत्रकार सम्मेलनमा सामाजिक विकास मन्त्रालयका सचिव डा रामप्रसाद घिमिरेले जानकारी दिनुभयो ।
उहाँका अनुसार यो प्रदेशका कोरोना सङ्क्रमित १२ जनामध्ये चारजना उपचार गराई घर फर्किसकेका छन् भने आठजनाको उपचार भइरहेको छ । यो प्रदेशभित्र विगत २४ घण्टामा आरडिटी परीक्षण नभएको र सोभन्दा पहिले पाँच हजार ९१ जनाको परीक्षण गरिएको उहाँले बताउनुभयो ।
यस प्रदेशअन्तर्गतका विभिन्न क्वारेन्टाइनमा एक हजार ३७२, होम क्वारेन्टाइनमा चार हजार ५८७ र आइसोलेशनमा २५ जना बसेका छन् ।