अपडेट 
२०७७ बैशाख १९, शुक्रबार १८:१५

हेटौंडा । भूकम्पमा परी मृत्यु भएका खेलकुद पत्रकार सुमन भोम्जनको स्मृतिमा शुक्रबार हेटौंडामा रहेको एक वृद्धाश्रमलाई नगद १० हजार रुपैयाँ सहयोग हस्तान्तरण गरिएको छ ।

भोम्जनको स्मृतिमा नेपाल खेलकुद पत्रकार मञ्च केन्द्रीय कार्यसमिति काठमाडौंले हेटौंडा–२, चौकीटोलमा रहेको ओम वृद्धाश्रमका आश्रितहरुलाई सो रकम सहयोग उपलब्ध गराएको हो ।

मृतक भोम्जनकी आमा विमला भोम्जन, दाजु मदन भोम्जन, नेपाली राष्ट्रिय फुटबल टोलीका स्ट्राइकरद्वय रञ्जन विष्ट र अञ्जन विष्ट, मञ्च मकवानपुर अध्यक्ष राजन दाहालसहितको समूहले उक्त रकम आश्रमका अध्यक्ष बुद्धिप्रसाद पौडेललाई हस्तान्तरण गरेका थिए ।

मञ्चका पूर्व सदस्य समेत रहेका भोम्जनको स्मृतिमा प्रत्येक वैशाख १९ गतेको दिन मञ्चले विभिन्न रचनात्मक कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ ।

२०७२ साल वैशाख १२ गतेको भूकम्पमा परी उनको मृत्यु भएको भएपनि शव भने वैशाख १९ गते फेला परेको थियो ।

Comment


Related News