अपडेट 
२०७७ बैशाख २०, शनिबार ०९:१७

जलेश्वर । अज्ञात रोगका कारण मृत्यु भएको भनिएका महोत्तरीको भंगहाका ७ जनाको परिवारलाई नगरपालिका कार्यालयले किरिया खर्च उपलब्ध गराउने जनाएको छ ।

भंगहा नगरपालिकाका मेयर संजीब साहले मृत्यु भएका सबैको परिवारलाई रु २१ हजारका दरले किरिया खर्च उपलब्ध गराइने जानकारी दिए ।

भंगहा नगरपालिका वडा नम्बर ७ मेघनाथ गोरहन्नामा दुई दिनभित्र ६ जनाको र एक साताअघि १ जनाको अज्ञात रोगका कारण मृत्यु भएको छ । यी सबैको मृत्यु रक्सी सेवनले भएको आशंका गरिएपनि अन्य अनुसन्धान भइरहेको नगर प्रमुख साहले जानकारी दिए ।

‘मृत्यु भएकाको ¥यापिड टेस्ट गर्दा नेगेटिभ देखिएको छ’ उनले भने, “एक जनाको स्वाब संकलन गरी परीक्षणका लागि पठाइएको छ रिपोर्ट आइसकेको छैन् ।”

यद्यपी उनले उनीहरुको मृत्यु रक्सी सेवनकै कारण भएको बताए ।

Comment


Related News

Latest News

Trending News