अपडेट 
२०७७ बैशाख २०, शनिबार १०:१६

जनकपुरधाम । कोरोना भाइरस संक्रमणको जोखिम नयुनिकरण गर्न सरकारले जारी गरेको लकडाउनका कारण शुक्रबार जानकी नवमीको औपचारिकता पुरा गरिएको छ ।

तामझाम बिना शुक्रबार साँझ जानकी मन्दिरमा जानकीको जन्मजयन्तीको अवसर पारेर केक काटिएको छ । जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णवले उक्त केक सहभागी सीमित श्रद्धालु भक्तजनलाई बाँडेका थिए ।

जानकी नवमीको अवसरमा केक बाँडेको विषयलाई सामाजिक सञ्जालमा आलोचना समेत भएको छ । परम्परालाई विस्थापित गरेर नयाँ तौरतरिका अपनाएको भन्दै समाजिक संजालमा आलोचना गरिएको हो । जानकीनवमीको अवसरमा जनकपुरधाममा साँझ घरघरमा विशेष आरती गरिएको छ ।

नगरबासीले आ आफ्नो घरमै विशेष आरती गरेर जानकीनवमी मनाएका हुन् ।महन्थ दासले विशेष आरती गरेर घरमै जानकी नवमी मनाउन आग्रह गरेका थिए ।लकडाउनका कारण सुनसान रहेको जानकी मन्दिर परिसरमा साँझ जानकीजन्मोत्सवको औपचारिकता पुरा गरिएको हो ।

वैशाख शुक्लपक्षको नवमी तिथिका दिन मध्यान्ह माता जानकीको जन्म भएको अवसरमा जानकी नवमी’ मनाइन्छ । जानकी नवमीको अवसरमा शुक्रबार बिहान जन्म अभिषेक र मध्यान्ह १२ बजे जन्म आरती गरिएको थियो । मन्दिरका उत्तराधिकारी महन्थ रामरोषण दास वैष्णव’ले मन्दिरमा धार्मिक कार्यक्रमहरु भएको बताए ।

विधिपूर्वक सामाजिक दूरी कायम गरी जानकी नवमी मनाइएको उनले बताए ।विगतका वर्षहरूमा धुमधामका साथ जानकी नवमी मनाइन्थ्यो । गत वर्ष राष्ट्रपति विद्यादेवी भण्डारी जानकी नवमीमा सहभागी भएकी थिइन् । तर, यस वर्ष मन्दिर परिसर सुनसान थियो

Comment


Related News

Latest News

Trending News