अपडेट 
२०७७ बैशाख २१, आईतवार ०८:२४

वीरगञ्ज ।अस्थायी कोरोना नारायणी अस्पतालमा शनिवार पीसीआर मेसिनको परीक्षण सुरु भएकोछ ।दुई जना कर्मचारीको स्वाब संकलनगरि पीसीआर मेसिनमा परीक्षणगरि पुनःपरीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पठाइएकोछ ।दुवै ठाउँको टेस्टको रिर्पोट मिलेपछि औपचारिक रुपमा परीक्षण प्रारम्भ हुनेछ ।

दुई हप्तादेखि नारायणी अस्पतालमा पीसीआर मेसिन थन्किएको थियो ।संघीय सरकारले उपलब्ध गराएको सो मेसिन सञ्चालनका लागि प्रदेश सरकारले ५० लाख रुपैया उपलब्ध गराएको हो ।मेसिन सञ्चालनका लागि सहायक उपकरणहरुको बन्दोबस्त भएपछि मेसिनको परीक्षण सुरु भएको छ ।

कोरोना भाइरस सम्बन्धी रोगीको पहिचान, स्वाब संकलन, परीक्षण लगायतका कामलाई तिव्रतादिदै मेसिनको परीक्षण सुरु भएपछि चाँडै रिर्पाेट आउने विश्वास गरिएकोछ । दुईवटा स्वाबको परीक्षण गरिएकोछ’ एकजना चिकित्सिकले भने, त्यो स्वाब पुनःपरीक्षणका लागि टेकु पठाइएकोछ ।दुबै ठाउँमा परीक्षण भएको रिर्पोट समान किसिमको आए नियमित परीक्षण प्रारम्भ हुने उनले जनाए ।

पीसीआर मेसिनको क्षमता अनुसार तीन सिफ्टमागरि दैनिक २ सय ७० वटा स्वाब परीक्षण गर्न सकिने बताइएकोछ ।मेसिनले उपयुक्त काम गर्न सके स्वाब परीक्षणको क्रमलाई तिव्र बनाउनु पर्ने उनकोे कथन छ ।

यसैबीच नेपाली काँग्रेस पर्साका सभापति अजय कुमार द्विवेदीले नारायणी अस्पतालबाट कोरोनाको उपचार हटाउन आइतवार आधा घण्टा धर्ना दिने भएका छन् ।लकडाउनको समयमा बिहान साढे ११ बजेदेखि १२ बजे सम्म मालपोत रोडसँगैको मेनरोडमा समाजिक दुरीको पालनागर्दै नारायणी अस्पताललाई जनताको अस्पताल बनाउन धर्ना दिन लागेको जनाएका छन् ।उनले त्यसमा सहभागिताका लागि आव्हान गरेका छन् ।

बीरगञ्ज महानगरपालिकाका मेयर विजय कुमार सरावगीले निजी क्षेत्रको गण्डक अस्पतालमा कोरोना अस्पताल सञ्चालनका लागि गरेको अपारदर्शी सहमतीलाई कार्यान्वयन गराउन सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का केहि नेताहरु लागिरहेको बेला काँग्रेस सभापति द्विवेदीले घुमाउरो ढंगले त्यसको समर्थन जनाएका छन् ।

तर प्रदेशका वरिष्ठ चिकित्सकहरुको विज्ञ समुहले बाराको जिल्ला अस्पताल कलैयालाई स्तरोन्नतीगरि कोरोना अस्पताल सञ्चालन गर्न सुझाव दिएका छन् ।

प्रदेश २ मा ९ दिनदेखि परीक्षण बन्द भएको छ ।प्रादेशिक अस्पताल जनकपुरधाममा रहेका पोर्टेबल पीसीआर मेसिनको रिजल्ट शंकाष्पद आउन थालेपछि परीक्षण बन्द गरिएको हो ।त्यहाँ फेरीपनि त्यस्तै गुणस्तरको मेसिनको परीक्षण सुरु भएकोछ ।परीक्षणका लागि उपलब्ध गराइएको अर्को मेसिनमा एक दिनमा अधिकतम १६ वटा सम्म स्वाब परीक्षण हुन सक्ने जनाइएको छ ।पहिले रहेको मेसिनमा दैनिक अधिकतम ८ वटा स्वाब मात्र परीक्षण हुने टेक्नालोजिस्टहरुले बताए ।

प्रादेशिक अस्पतालमा राख्न लागिएको मेसिनले गर्ने परीक्षण अघिल्लो मेसिन जस्तै २ सय भन्दा बढी भाइरसको मात्र पहिचान गर्न सक्ने प्राविधिकहरुले जनाए ।यहाँको मेसिनकै भरमा कतिपय रिर्पोट उपयुक्त नहुने बताइएकोछ ।

प्रदेश सरकारले आफै पीसीआर मेसिन खरिद गर्न लागेकोछ ।प्रदेशको राजविराज, प्रादेशिक अस्पताल जनकपुरधाम र नारायणी अस्पतालमा पीसीआर मेसिन जडान गर्न खरिद गर्न लागेको समाजिक विकास मन्त्रालयले जनाएकोछ ।

मन्त्रालयका अनुसार सोमवार टेण्डर खोलिनेछ ।तर त्यो मेसिन कति दिन भित्र प्रदेश सरकारलाई प्राप्त हुने त्यो भने निश्चित छैन् ।यस अघि संघीय सरकारले नेपाली सेनालाई कोरोना सम्बन्धी खरिद गर्न दिएको स्वीकृती अनुसारको समानहरु अझै नेपालमा आइसकेको छैन् ।

Comment


Related News

Latest News

Trending News