अपडेट 
२०७७ बैशाख २१, आईतवार १५:११

काठमाण्डू । प्रमुख प्रतिपक्षी कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना महामारीका बेला प्रेस स्वन्तन्त्रता कुण्ठित हुने खतरा बढेको बताएका छन् । विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा आइबार एक वक्तव्य जारी गर्दै देउवाले सरकारका अभिव्यक्ति र ब्यवहारबाट यसका संकेत देखिएको बताएका छन् ।

‘संसदमा सरकारले पेश गरेका प्रेस विरोधी विधेयक त छँ दैथिए, लकडाउनको बेला मिडियामा हस्तक्षेप, दबाब र स्पष्टीकरणको सत्ता संक्रमण बढेको छ,’ वक्तव्यमा भनिएको छ ।

वक्तव्यमा देउवाले भनेका छन्, ‘प्रश्न र आलोचनाको संवैधानिक हक बोकेको मिडियालाई त्यही दायित्व निर्वाह गर्दा हामी कसैले पनि नकारात्मक दृष्टि राख्न मिल्दैन । प्रेसको प्रश्नले आफू बदलिने कि उल्टै प्रेसका विरुद्ध अभिव्यक्ति दिने र द्वेष राख्ने ?’ उनले वर्तमान सरकार र यसको नेतृत्वले बारम्बार प्रेसका विरुद्ध दिएका अभिव्यक्ति र ब्यवहार सच्याउन पनि सार्वजनिक रुपले अपील गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना पछिल्ला संवोधनहरुमा प्रेसका रिपोर्टिङहरुप्रति असन्तुष्टि प्रकट गर्दै आएका छन् ।

वक्तव्यमा कोभिड १९ को महामारीका कारण पनि मिडियले गम्भीर चुनौती भोगिरहेको भन्दै पत्रकार र संचारमाध्यमका लागि विशेष राहत योजना निर्माण गर्न पनि उल्लेख गरिएको छ । ‘कोभिड १९ को विश्व महामारीले एकातर्फ पत्रकारको ब्यक्तिगत स्वास्थ सुरक्षा र अर्कातर्फ मिडियाको ब्यवहारिक ब्यवस्थापनमा चुनौती ल्याएको छ । विज्ञापनदेखि ढुवानीसम्ममा परेको असरले कतिपय मिडिया यसबीमा बन्द भएका छन् भने कयौं पत्रकार बेतलबी स्थितिमा छन् ।’ वक्तव्यमा देउवाले जटील परिस्थितिमा पनि संयमित रहेर नेपाली प्रेसले भूमिका निर्वाह गरेको भन्दै आफ्नो पार्टीका तर्फबाट उच्च कदर र सह्राना गरेका छन् ।

Comment


Related News

Latest News

Trending News