अपडेट 
२०७७ बैशाख २१, आईतवार १६:२९

मुख्यमन्त्री लालबाबु राउत

जनकपुरधाम ।प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले प्रेस स्वतन्त्रता दिवसको अवसरमा प्रेस स्वतन्त्रताको पक्षधर सञ्चारकर्मी र बुद्धिजीवीहरुमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।

उहाँले यस दिवसले लोकतन्त्रको ‘माइल स्टोन’ मानिने प्रेस स्वतन्त्रतालाई दृढ सङ्कल्पित बनाउने विश्वास प्रकट गर्नुभएको छ ।

मुख्यमन्त्री राउतले सञ्चारकर्मीलाई लोकतन्त्र र जनताको पक्षमा निर्भिक, निष्पक्ष र भयरहित भएर कलम चलाउनसमेत आग्रह गर्नुभएको छ ।

Comment


Related News

Latest News

Trending News