अपडेट 
२०७७ बैशाख २१, आईतवार १७:००

काठमाण्डु ।एकै दिनमा कोरोना भाइरसको संक्रमण नेपालमा थप १० जनामा पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाका अनुसार पर्सामा ३६ वर्षीया पुरुष र नेपालगञ्जको प्रयोगशालामा ९ जनामा कोरोना संक्रमित पुष्टि भएको हो ।

डा देवकोटाका अनुसार नेपालगञ्जमा देखिएका कोरोना संक्रमित ५ जना पुरुष र४ जना महिला छन् । उनीहर ७ देखि ५८ वर्ष उमेरका छन् ।

यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ६९ पुगेको छ ।

डा देवकोटाका अनुसार पर्सामा देखिएका ३६ वर्षीया कोरोना संक्रमितको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गरिएको हो भने अन्य ९ जनाको नेपालगञ्जको प्रयोगशालामा पिसिआर विधिबाट कोरोना परीक्षण गरिएको हो ।

आज संक्रमण पुष्टि भएका मध्ये वीरगञ्जका संक्रमितलाई नारायणी अस्पतालको आइसोलेसनमा ल्याइएको छ । यस्तै नेपालगञ्जमा संक्रमण पुष्टि भएका ९ जनालाई नेपालगञ्जको कोरोना विशेष अस्पतालमा लगिदै गरेको प्रवक्ता देवकोटाले बताए ।

Comment


Related News